सञ्जीवसँग विवाह गर्नुहुँदै चर्चित गायिका मेलिना

  बैशाख ०३, २०७९

काठमाडौं, वैशाख ३ : चर्चित गायिका मेलिना राई एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्ने तयारीमा हुनुहुन्छ । करिब पाँच वर्ष लामो प्रेम सम्बन्धलाई उहाँले सार्वजनिक गर्नुभएको छ ।

उहाँले, आफू र सञ्जीवबीच दुई वर्ष अगाडि इन्गेजमेन्ट भैसकेको उल्लेख गर्नुभएको हो । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गर्नुभएको हो । सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया