मुक्तिनाथमा दर्शनार्थीको भीड

  चैत २७, २०७८

बेनी, चैत २७ : मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दर्शनार्थीको भीड बढ्दै गएको छ । कोभिड–१९ को महामारीको समयमा सुनसान मुक्तिनाथमा अहिले दैनिक भीड बढेको हो ।

दैनिक दुई हजार दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका छन् । असारदेखि चैतसम्म दानपेटीकामा १० लाख ८४ हजार एक सय ५६ रुपैंया जम्मा भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

पवित्र तीर्थस्थल मुक्तिनाथमा दर्शनार्थी अहिले दैनिक दुई हजारदेखि हजार पाँच सयसम्म पुग्ने गरेका छन् । मुक्तिनाथ क्षेत्रमा हवाई र सडकमार्गबाट दर्शनार्थी र पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया