नेपालद्वारा पीएनजीलाई २७९ रनको लक्ष्य

  चैत १२, २०७८

काठमाडौँ, चैत १२ : दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाहुना टोली पपुना न्युगिनी (पीएनजी) लाई जितको लागि दुई सय ७९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित टियु मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७८ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले एक सय पाँच रनको सतकीय पारी खेल्नुभयो । एक सय ४० बलमा उक्त रन बनाउने क्रममा उहाँले सात चौका प्रहार गर्नुभएको थियो । ऐरी नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी पनि बन्नुभएको छ । खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा पाँच् रन जोड्दा दुई विकेट गुमाएको थियो ।

कुशल भुर्तेल पहिलो बलमै गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा क्याच आउट हुनुभएको थियो । तेस्रो नम्बरमा क्रिजमा आउनुभएका देव खनाल र चौथो नम्बरका दिपेन्द्रसिंह ऐरीले तेस्रो विकेटको लागि एक सय २९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो राम्रो स्तिथिमा लग्नुभएको हो।

देवले आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने ७२ रन बनाउनुभयो । रोहित पौडेलले ३५, भिम शार्कीले २६ र कप्तान सन्दीप लामिछानेले अविजित २४ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा पीएनजीका अलेइ नाओले तीन विकेट लिनुभयो । नोरमान भानुअले दुई तथा चाड सोपर र चाल्र्स अमिनीले एक एक सवकेट झार्नुभयो ।

तपाईको प्रतिक्रिया