टरिगाउँ विमानस्थल विस्तार हुन्छ: मन्त्री चौधरी

  चैत ११, २०७८

तुलसीपुर, चैत ११ : लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले छिट्टै टरिगाउँ विमानस्थलको विस्तार हुने बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ ले कोरोना महामारीविरुद्ध लड्न अहोरात्र खट्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्न आज तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “केही दिनअघि प्रधानमन्त्री, अर्थमन्त्री र मेरो बीचमा छलफल भएको थियो, यो विमानस्थल विस्तार गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।”

छिट्टै पर्यटन सचिव आएर यहाँको विषयमा अध्ययन गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया