खरिद नियमावली संशोधन गर्ने आश्वासन

  चैत १०, २०७८

काठमाडौँ, चैत १० : अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा प्राविधिक त्रुटि रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा बुधबार मन्त्री शर्माले सो नियमावलीको एघारौँ संशोधनमा देखिएका प्राविधिक त्रुटि संशोधन गर्ने आश्वासन पनि दिनुभयो । मन्त्री शर्माले समयमै काम सकेर पुँजीगत खर्च गर्ने सरकारको लक्ष्यमा सघाउन व्यवसायीलाई आग्रह गर्नुभयो ।

महासङ्घको २३औँ साधारण सभा तथा १२औँ अधिवेशनको काठमाडौँ घोषणापत्र कार्यान्वयन तथा सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनका विषयमा जानकारी गराउन महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई भेटेको हो ।

महासङ्घको प्रतिनिधिमण्डलले बुधबार नै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग पनि भेट गरेको छ । भेटमा मन्त्री झाँक्रीले खरिद नियमावलीको संशोधनबाट मात्रै निर्माण उद्योगको समस्या समाधान नहुने भन्दै खरिद ऐन÷कानुनमै संशोधन आवश्यक भएको धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया