मल्ल एन्ड मल्ल स्टक ब्रोकिङलाई जरिवाना

  चैत १०, २०७८

काठमाडौँ, चैत १० : नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनी प्रालिलाई जरिवाना तिराएको छ । सो कम्पनीले ग्राहकबाट १३ देखि १८ प्रतिशतसम्म ब्याज असुल गरेकाले बोर्डले उक्त कम्पनीलाई ७५ हजार रुपियाँ जरिवाना गरेको हो ।

धितोपत्र कारोबार सञ्चालन विनियमावलीअनुसार ग्राहक पहिचान प्राप्त गरी ग्राहकसँग कारोबार सम्झौता गर्दा कारोबार सदस्य र लगानीकर्ताबीचमा लिनदिन बाँकी रकमबाट सिर्जित दायित्व र प्रतिफलसम्बन्धी विषय उल्लेख गर्नुपर्ने व्यवस्था भए पनि कम्पनीले सो व्यवस्थाको उल्लङ्घन गरेकाले कारबाही गरिएको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया