काठमाडौं, चैत ८ : आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अन्तर्गत मंगलबारको खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ ।
यूएई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिलो बलिङको निर्णय गरेपछि सुरुमा ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको हो ।
पीएनजीलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई-दुई विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी र पवन सर्राफले नेपालका लागि समान एक-एक विकेट लिनुभयो ।
पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाउनुभयो। नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।