पर्यटन विकासमा फड्को मार्दै धौलागिरि

  चैत ०७, २०७८

धौलागिरि, चैत ७ : पर्यटन त्यस्तै मुस्ताङ जाने बाटोमै विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम, म्याग्दीको दानास्थित रुप्से झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेका यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ रहेको छ ।

त्यसैगरी हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङको विविधतायुक्त भूगोल, हिमशृङ्खला, ढुम्बा ताल, कागबेनी, हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ र यहाँका रमणीयस्थलले धार्मिक तथा पर्यावरणीय पर्यटकको ध्यान खिच्न सफल भएका मुस्ताङका रोशन शेरचनले बताउनुभयो ।

यानीमाया, सुनिमाया, सालैजो, झ्याउरे गीत र विभिन्न संस्कार संस्कृतिले चिनिएको धौलागिरिलाई अब धार्मिक तथा पर्यटकीय गन्तव्यले पनि चिनाउन थालेको बागलुङका पत्रकार डम्मरबहादुर बुढामगरले बताउनुभयो ।

सुनिमाया, सालैजो, झ्याउरे गीत र विभिन्न संस्कार संस्कृतिले चिनिएको धौलागिरिलाई अब धार्मिक तथा पर्यटकीय गन्तव्यले पनि चिनाउन थालेको बागलुङका पत्रकार डम्मरबहादुर बुढामगरले बताउनुभयो । करिब डेढवर्ष कोरोनाका कारण बन्द भएका यी गन्तव्य पुनः तङ्ग्रिन थालेका छन् ।

कोरोनाकाबीचमा पनि धेरै धार्मिक तथा पर्यकटीय क्षेत्रमा संरचना निर्माण भएका छन् । लगानीकर्ताले पनि यो समय पर्यटन क्षेत्रमा धेरै लगानी गरेका छन् । करिब दुई वर्षअघि सञ्चालनमा आएको पर्वतको सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीको खोचमा बनेकोे विश्वकै अग्लो बञ्जीजम्प धौलागिरि क्षेत्रको पर्यटन विस्तारमा कोसेढुङ्गा सावित भएको छ ।

द क्लिफ प्रालिमार्फत् सञ्चालनमा आएको बञ्जीजम्पमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको र संरचना निर्माण गर्न झण्डै ४८ करोड खर्च भएको द क्लिप प्रालिका सञ्चालक राजु कार्कीले जानकारी दिनुभयो ।

कालीगण्डकीदेखि पुलको उचाइ २२८ मिटर छ । त्यसैगरी बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढेको छ । यो पुल ५६७ मिटर लामो र १३८ मिटर अग्लो छ ।

पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कालीगण्डकी करिडोरको केन्द्रमै पर्ने यो पुल आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक सयौँ आन्तरिक पर्यटकको आगमन हुने गरेको छ भने फाट्टफुट्ट बाह्य पर्यटकसमेत आउने गरेको स्थानीयवासीको भनाइ छ ।

पुल रु सात करोड ९७ लाख ८६ हजारमा निर्माण भएको थियो । झोलुङ्गे पुल सञ्चालनमा आएपछि पर्यटन व्यवसाय फस्टाउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया