काठमाडौं, चैत ३ : यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको ताज पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जित्न सफल हुनु भएको छ ।
बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालेमा क्यारोलिना विजेता घोषित हुनुभएको हो ।
त्यस्तै अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित हुनुभयो । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहि-याउनु भएको थियो ।
कोरोना महामारीका कारण यसपटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनौट हुन सक्नु भएन ।