काठमाडौं, चैत ५ : वल्र्ड वरल हेल्थ डे को अवसरमा शनिबार निःशुल्क दन्त एवं स्वास्थ्य शिविर सञ्चालन सफलतापुर्वक सम्पन्न गरेको छ ।
विचारशील नेपाल, सामुदायिक प्रहरी सेवा र हेल्थी नेपाल संस्थाको संयुक्त आयोजनामा नक्सालको नारायण चौरमा निःशुल्क दन्त एवं स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरबाट १ सय ६० जनाले निःशुल्क परीक्षण तथा स्वास्थ्यजाँच गर्नुभएको आयोजक संस्थाले जानकारी दिएको छ ।