तनहुँ, फागुन २८ : पाँचौं व्यास अल्टा म्याराथनमा प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवारले जिप्नु भएको छ । व्यास नगरपालिकाको वडा नम्बर –५ को मानुङदेखि वडा नम्बर –८ को पुलिमराङसम्मको ४४ किलोमिटरको दुरी दुई घण्टा ५८ मिनेट ७ सेकेन्डमा पार गर्दै सुनुवार प्रथम हुनु भएको हो । प्रतियोगितामा मोहनदेव जोशीले ३ घण्टा ५ मिनेट ५१ सकेण्ड पार गरेर मोहनदेव जोशी दोश्रो र ३ घण्टा ९ मिनेटमा पार गर्दै नवराज साउद तेश्राे हुनुभयो ।
‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने मुल नाराका साथ गरिएको यस प्रतियोगिता प्रथम हुने रु. ८५ हजार ७८, दोश्रो रु. ६५ हजार ७८, तेश्रो रु. ५५ हजार ७८ र सान्तवना पुरस्कार पाँच जनालाई जनहरी रु. १६ हजार ७८ र मेडल तथा शिल्ड प्राप्त गरेका थिए । धावन मार्गमा विभिन्न आठ स्थानमा चेकप्वाइन्टको राखिएको थियो ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आन्तरिक मामिला मन्त्री डोबाटे विक र व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने लगायतले विजेता नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भयो । सो अवसरमा मुख्यमन्त्री पोखरेलले पर्यटकीय स्थल मानहुँ र सहिदको गाउँपुलिमराङलाई विकासको पथमा लैजानको लागि प्रदेश सरकारको साथ र सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले यस्ता प्रतियोगिताले खेलाडीको मनोबल उच्च राख्ने भएकाले आगामी दिनमा निरन्तरता दिइनुपर्ने बताउनुभयो ।