राष्ट्र बैङ्कद्वारा एक रुपियाँ दरको सिक्का निष्कासन

  फागुन २४, २०७८

काठमाडौँ, फागुन २४ : नेपाल राष्ट्र बैङ्कले सुनौलो रङमा टकमरी गरिएको एक रुपियाँ दरको सिक्का मङ्गलबारदेखि चलचल्तीमा ल्याउने भएको छ । सिक्काको आकार भने हाल प्रचलन रहेको सिक्कासरह नै रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

सिक्काको अग्रभागको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला रहनुका साथै हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । यसको माथिल्लो भागमा अङ्ग्रेजी अक्षरमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा रुपैँया १ लेखिएको छ ।

तपाईको प्रतिक्रिया