स्वर्गीय लता मङ्गेश्करको सम्झनामा कार्यक्रम

  फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ : स्वर्गीय लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । डीएभी शुशील केडिया विश्व भारती विद्यालयका नेपाली साङ्गीतिक क्षेत्रका व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुले उक्त श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रममा लताको वृत्तचित्र प्रदर्शन गरि
एको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी गायिका मनिला सोताङ्ग र बबिता मानन्धरले लताप्रति समर्पित साङ्गीतिक प्रस्तुती दिनुभएको थियो ।

साथै, विद्यालयका अध्यक्ष अनिल केडियाले लता भारतमा मात्र नभएर विश्वमै एक उत्कृष्ट गायिकाको रुपमा स्थापित रहेको बताउनु भयो । त्यस्तै विद्यालयका प्राचार्य डा.भुवनेश्वरी रावले लता स्वरको माध्यमबाट विश्व समुदायलाई प्रेम र विश्वासमा आबद्ध गर्न सफल भएको बताउनु भयो । उहाँले लतालाई एक साङ्गीतिक विश्वविद्यालयको रुपमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुको नृत्य प्रदर्शन भएको थियो । साथै, कार्यक्रममा नेपाल– भारत मैत्री समाज सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति थियो । विद्यालयले स्वर्गीय गायिकाको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया