सुनको भाउ १ लाख नाघ्यो, एक सातामै बढ्यो ५ हजार ३ सय

  फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ : नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख रूपैयाँमाथि पुगेको छ ।

आइतबार एकैदिन तोलामा २ हजार रूपैयाँले बढेर सुनको भाउ १ लाख रूपैयाँमाथि पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रूपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

यस्तै आइतबार चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

निरन्तर बढेको सुनको भाउ यो सातामै ५ हजार ३ सय रूपैयाँले बढेको हो ।

गत आइतबार ९६ हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन यो साता ५३ सय बढेर १ लाख १ हजार ९ सय पुगेको हो ।

पछिल्लो समय रूस र युक्रेनबीच चर्किएको द्धन्द्धको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ महँगिदै गएको छ। यसै कारण नेपालमा पनि सुन महँगिदै गएको हो ।

तपाईको प्रतिक्रिया