विद्युतीय गाडी ‘एमजी जेडएस’ सार्वजनिक, मूल्य कति पर्छ ?

  फागुन १५, २०७८

 

काठमाडौँ, फागुन १५ : एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय गाडी ‘जेडएस इभी २०२२’ सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी उक्त गाडी सार्वजनिक गरेको हो ।

यो गाडी स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा ग्राहकले ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवर गरी दुइटा ब्याट्री प्याकको विकल्पहरू पाउन सक्छन् ।

एमजी जेडएस इभि २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको कम्पनीले बताएको छ। यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ ।

साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ। यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलइडी डीआरएल, एलइडी टेल ल्याम्पहरू छन् ।

एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित रहेको कम्पनीको दावी छ ।

यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि छ।

कम्पनीले ५१ किलोवाट क्षमताको ५१ लाख ९९ हजार र ७२ किलोवाट क्षमताको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

तपाईको प्रतिक्रिया