टेलिकमले ल्यायो ‘भ्यालेन्टाइन डे’ अफर, के-के छन् सुविधा?

  फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : नेपाल टेलिकमले फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसको अवसरमा ‘भ्यालेन्टाइन डे’ अफर ल्याएको छ। यो अवसरमा टेलिकमले ग्राहकका लागि अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर ल्याएको हो।

यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध हुनेछ । जसअन्तर्गत ४९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डेटा २४ घण्टा र कम्पनीको नेटवर्क भित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुने छ । यो सेवा *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । सोही अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० रुपैयाँदेखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डेटा र. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा बोनसका रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

तपाईको प्रतिक्रिया