सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगीको असन्तुष्टि

  माघ २९, २०७८

काठमाडौं, माघ २९ : सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगीले असन्तुष्टि जनाएका छन् ।

मन्त्रिपरिषले कच्चा दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले प्रशोधित दूधको उपभोक्ता मूल्य वृद्धि गरेको हो।

यो वृद्धिमा कच्चा दूधको मूल्यमा ६.५२ पैसा वृद्धि गरी प्रतिलिटर ५६.४० रुपियाँ र प्रशोधित दूधको मूल्य नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण भएको छ । डीडीसीले निर्धारण गरेको उपभोक्ता मूल्यमै निजी क्षेत्रले पनि दूध बिक्री गर्नुपर्छ ।

तर यस पटक निजी क्षेत्रका डेरी उद्योगीले आफ्नो प्रशोधित दूधको मूल्य आफैँ निर्धारण गर्दै डीडीसीको भन्दा एक रुपियाँ बढेर प्रतिलिटर मूल्य ८६ रुपियाँ बनाएका छन् । डेरी उद्योगीको छाता सङ्गठन डेरी उद्योग सङ्घ र नेपाल डेरी एसोसिएसनले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गरी दूधको मूल्य सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया