काठमाडौं, चैत २ : सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयको महासचिवको हैसियतमा काम गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तोक्नुभएको छ ।
सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई आजदेखि सेवानिवृत्त भएपछि सभामुखले रिक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि सचिव योगीलाई जिम्मेवारी तोक्नुभएको हो ।
राष्ट्रियसभाका अध्यक्षको परामर्शमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको सभामुखको सचिवालयले जनाएको छ । उहाँले सोमबारदेखि महासचिवको जिम्मेवारी सम्हाल्नु हुनेछ ।