काठमाडौं मङ्सिर २५ : ट्रि इन्टरटेन्मेन्टले निमार्ण गरेको नेपाल भाषाको म्यूजिक भिडियो ‘धाये मफुत’ सार्वजनिक भएको छ । गीतमा मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउने जमर्को गरिरहनुभएका डेलिविस दर्शनधारी तथा राज तुम्बाहाम्फेको अभिनय रहेको छ ।
केहि समयअघि ‘माया पिरिम’ बोलको गीतबाट अभिनय सुरु गर्नुभएका उहाँले यसपटक नेपाल भाषाको गीतमा अभिनय गर्नुभएको छ । भिडियोमा मोडल कविता नेपाली, उषा उप्रेती, स्मारिका ढकाल तथा प्रितम क्षेत्रीको पनि अभिनय रहेको छ ।
दीपक नेपालीको शब्द, बाबुल गिरीको संगीत रहेको गीतमा अस्मिता परियार र प्रिज्वल नेपालीले स्वर दिनुभएको छ । निर्देशक माइकल चन्दको निर्देशनमा तयार भएको गीतको छायाँकंन भने अर्जुन तिवारीले गर्नुभएको हो । भिडियोको सम्पादनमा शिलन लम्साल हुनुहुन्छ ।