काठमाडौँ, चैत २ : मस्तिष्कमा हुने विभिन्न रासायनिक तìवहरूको सन्तुलन बिग्रेर स्किजोफ्रेनियाको बिमारी लाग्ने गर्छ । यो एक प्रकारको मानसिक बिमारी हो । यसको विपरीत यसलाई मानिसहरू एक प्रकारको ‘पागलपन वा बहुलाहापन’ हो भनेर बुझ्छन्, जसका आधारमा अन्धविश्वासपूर्ण उपचारपद्धति र बिरामीलाई हेलाँ गर्ने चलन नेपाली समाजमा छ ।
नेपाली चिकित्सक सहितको एक टोलीले स्किजोफ्रेनियामध्ये दोस्रो प्रकारको बिमारीको पत्ता लगाएका छन् । अमेरिकाको प्रतिष्ठित पेन्सल्भेनिया विश्वविद्यालयस्थित रेडियोलोजी विभागका नेपाली वैज्ञानिक डा. गणेश चन्दसहित अमेरिकाका अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताले दोस्रो प्रकारको स्बिजोफ्रेनिया पत्ता लगाएको गोरखापत्र अनलाइनले जनाएको छ ।
यो स्किजोफ्रेनिया अनुसन्धानको इतिहासमा पहिलो र ठूलो उपलब्धि मानिएको छ किनभने विगतका अनुसन्धानहरूले सबै स्किजोफ्रेनिया बिरामीहरूलाई एकल प्रकारमा राख्थे र उपचारहरू असफल रहेका छन् । मानव मस्तिष्क सम्बन्धित विश्वको प्रसिद्ध ब्रेन जर्नलमा प्रकाशित नयाँ यस आविष्कारबारे आलेखअनुसार अनुसन्धानकर्ताहरूले एमआरआई र मेसिनबाट सिकाइका विधिहरू प्रयोग गरेका थिए ।
डा. गणेश चन्दका अनुसार अध्ययनले स्किजोफ्रेनिया बिरामीहरूमा दुई अलग प्रकारका मस्तिष्क परिवर्तनहरू भेटिएको थियो । पहिलो प्रकारका बिरामीहरूमा मस्तिष्कको खैरो पदार्थ र सेतो पदार्थको मात्रामा कमी थियो । दोस्रो प्रकारका बिरामीमा बेसल ग्याङ्ग्लिया र आन्तरिक क्याप्सुल मस्तिष्क खण्डहरू बढेको अवस्था पाइएको थियो । यस प्रकारमा बिरामीहरूको बाँकी मस्तिष्क संरचनाहरू स्वस्थ मानिसहरूको जस्तै पाइएको थियो ।
दुई प्रकारका बिमारीमा उमेर, लिङ्क, बिमारी अवधि, एन्टिसाइकोटिक औषधि डोज वा प्रकार, बिरामी सुरु भएको उमेर, सकारात्मक लक्षण र नकारात्मक लक्षणहरू फरक भेटिएनन् । यस अध्ययनमा तीन सय चौसठ्ठी स्वस्थ मानिस र तीन सय सात स्किजोफ्रेनिया बिरामीहरू सहभागी गराइएको थियो ।
विगतका अनुसन्धानहरूले सबै स्किजोफ्रेनिया बिरामीहरूलाई एकल प्रकारमा राख्थे जुन पहिलो प्रकार थियो । दोस्रो प्रकारको स्किजोफ्रेनिया बिरामीहरूको मस्तिष्क परिवर्तन अनुसन्धानकर्मीकै लागि ठूलो आश्चर्यको विषय बनेको डा. चन्द बताउनुहुन्छ ।
अध्ययनमा सहभागी २८ अनुसन्धानकर्मीमध्ये नेपाली वैज्ञानिक डा. गणेश चन्द प्रमुख अनुसन्धानकर्ता हुनुहुन्छ । यस अध्ययनमा पेन्सिलभेनिया विश्वविद्यालयका प्राध्यापक डा. क्रिस्टोस दाभत्जिकोस नेतृत्वमा रहेको एक महìवपूर्ण हिस्सा थियो । जसमा संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, संयुक्त राज्य, नेदरल्यान्ड, ब्राजिल, स्पेन, इटाली र अस्ट्रेलियाका विश्वविद्यालयका अनुसन्धानकर्ताहरू सामेल थिए । नयाँ बिरामीका लागि नयाँ उपचार पद्धति नै आवश्यक पर्ने औँल्याउँदै डा. चन्दले अब उपचारअघि नै बिरामीको वर्गीकरण जरुरी रहेको उल्लेख गर्नुभएको छ ।