साओ पावलो, मङ्सिर १ : ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ ।
दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको छ । यस समूहबाट विश्वमाप छनाट हुने अर्जेन्टिना दोस्रो राष्ट्र भएको छ ।
चिली बुधबार नै घरेलु मैदानमा तेस्रो स्थानमा रहेको इक्वेडरसँग २–० ले पराजित भएपछि अर्जेन्टिना विश्वकपमा खेल्न योग्य भएको हो । चार खेल बाँकी रहेको स्थितिमा २९ अङ्क बनाएको अर्जेन्टिना कम्तीमा शीर्ष चारमा रहने पक्का भएको हो ।
दक्षिण अमेरिकी समूहबाट चार टिम स्वत विश्वकपमा चयन हुने र पाँचौँ स्थानमा रहने टिमले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्नुपर्ने प्रावधान रहेको छ ।
अर्को खेलमा बोलिभियासँग ३–० ले पराजित भएपछि उरुग्वेको विश्वकप चयन कठिन भएको छ । दस टिम सहभागी यस समूहमा उरुग्वे सातौँ स्थानमा छ । पेरु भने भेनेजुएलालाई २–१ ले हराएर उरुग्वेभन्दा माथि पुगेको छ ।