बेनी, भदौ २२ : हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र अहिले दृश्यावलोकनका लागि उत्कृष्ट छ तर विदेशी पर्यटकहरु भने पुगेका छैनन् । कहिले काँही फाट्टफुट्ट आन्तरिक पर्यटक देखिए पनि अन्य समय भने आन्तरिक पर्यटक पनि लोमन्थाङ क्षेत्रमा देख्न मुस्किल छ ।
चीनको स्वसासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको कारण पनि सुरक्षा संवेदनशीलताका हिसाबले पनि निकै महत्व राख्ने लोमन्थाङ क्षेत्र अहिले मौसम निकै सफा भए तापनि फाटफुट आन्तरिक पर्यटकबाहेक अरुको उपस्थिति देखिएको छैन ।
विदेशी पर्यटकहरुका लागि निषेध हुँदाका समय के कस्तो थियो भन्ने सवाल उठ्न सक्छ । तर सन १९९२ भन्दा पहिला स्थानीयभन्दा अन्यका लागि उपल्लो मुस्ताङ क्षेत्र प्रतिबन्ध थियो । १९९३ पछि मात्रै अन्यत्रका एवम् विदेशीहरुका लागि खुला गरिएको हो ।
चीन सँग रहनसहन मिल्ने र तिब्बतको जस्तै बातावरण एवम् भौतिक पूर्वाधारहरु पनि हुने हुँदा उपल्लो मुस्ताङ पुग्न स्वदेशी तथा विदेशीहरुले चासो राख्दछन् । चार हजार ९ सय मिटर उचाइको तिब्बत नजिकै पर्ने चार हजार मिटर भन्दा माथिल्लो उचाइ रहेको लोमन्थाङ क्षेत्र हुँदै चीन जोड्ने कालिगण्डकी करिडोर सडक मार्ग पनि यही क्षेत्र हुँदै कोरला सम्म पुग्छ ।
चीन र नेपालको सीमा क्षेत्र कोरलामा चीनतर्फ भौतिक पूर्वाधारहरु निर्माण भै सकेका छन् भने नेपालतर्फ पनि निर्माणकार्य तीव्र गतिमा भइरहेको छ । सुख्खा बन्दरगाहका लागि भौतिक पूर्वाधार तथा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा भवन निर्माणको क्रममै छन् । उपल्लो मुस्ताङ क्षेत्रको मुख्य चाडमध्ये पर्ने यार्तुङ र तिजी हुन् । उपल्लो मुस्ताङ क्षेत्रमा बसोबास गर्ने मुख्यतया गुरुङ र बिष्टहरुको मुख्य पर्व हो तिजी ।
सामान्यतया तिजी पर्वमा पनि त्यहाँका बासिन्दाले आफ्नो आर्थिक तथा सामाजिक हैसीयत अनुसारकै खानपान तथा लुगा र गरगहना प्रदर्शन गर्नेसम्म गर्दछन् । यसका अलावा धच्याङ, त्हेकप, बक्छाम –(लामा नाच), फाँङगेल –(खेतीपातीको काम सिद्धिएपछि खाँदै गरिने रमाइलो र आराम) जस्ता चाडपर्वहरू यस क्षेत्रमा मनाइन्छ । यस बाहेक स्थानीय हिन्दू धर्मावलम्वीहरूले दशै, तिहार र तीज तथा हरितालिका जस्ता चाड पर्वहरू मनाउने गर्दछन् ।
अध्यागमन विभागका गैर–पर्यटक भिसा शाखाका अध्यागमन अधिकृत मनोहर थापाका अनुसार हाल उपल्लो मुस्ताङ क्षेत्रमा विदेशीहरुका १० दिनका लागि लागि पाँचसय सय डलर लाग्ने र थप बसेको खण्डमा कारण सहित थप दस्तुर प्रतिदिन ५० डलरका दरले लाग्छ । चालु आर्थिक वर्षको हालसम्म कोभिड–१९ को महामारी सुरु भएपछि त्यस क्षेत्रका लागि विदेशीलाई अनुमति नदिएको अध्यागमन अधिकृत थापाले बताउनुभयो । थापाका अनुसार पर्यटकले त्यस क्षेत्रमा जानका लागि अमुमति मागेको भए पनि स्थानीयले गरेको कडाइका कारण अनुमति दिन सकिएको छैन ।
लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट (राजु बिष्ट) भन्नुहुन्छ– विगतको समयमा यो समय भनेको आन्तरीक तथा बाह्य पर्यटकहरुको भीड लोमन्थाङतर्फ लाग्ने तथा फर्कने हो तर पछिल्ला दुई वर्ष भने यस्तो देख्न पाइएको छैन । कोभिड–१९को महामारी अनि स्थानीय प्रशासनको कडाइ र विदेशीहरु नेपाल प्रवेश नै नगरेको हुँदा अहिलेसम्म विदेशीहरु आधिकारीक रुपमा आएका छैनन् । सन १९९३ पछि सरकारले प्रवेश गर्न अनुमति दिन थालेको र अहिले उपल्लो मुस्ताङ क्षेत्रमा पनि धेरै सुविधा सम्पन्न पूर्वाधार भएकाले पर्यटकहरुका लागि समस्या नहुने विष्टको भनाइ छ ।
अहिले मौसम निकै सफा छ, बिहान बेलुका दृश्यावलोकनका लागि पनि उचित देखिन्छ तर पनि बन्दको कारण र स्थानस्य प्रशासनले बाहिर जिल्लाबाट प्रवेश गर्न निषेधका साथै यात्रुबाहक सवारी मुस्ताङ प्रवेशमा रोक लगाइएको कारण उपल्लो मुस्ताङ क्षेत्रमा पर्यटक पुग्न नसकेको मुक्तीनाथमा होटल व्यवसाय सञ्चालन गर्नुभएका म्याग्दीका अमृत सुवेदीले बताउनुभयो ।
उपल्लो मुस्ताङ क्षेत्र प्रवेशका लागि अहिलेको अवस्थामा सुरक्षा संवेदनशीलता र कोभिड–१९को जोखिमका साथै स्थानीयले गरेको कडाइका कारण केन्द्रबाटै अनुमति नदिइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताउनुभयो ।
![](https://gorkhapatraonline.com/news_gallery/6137125115af5_Lomanthang_(1).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125176660_Lomanthang_(2).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125177a14_Lomanthang_(3).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125178c2c_Lomanthang_(4).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125179e4b_Lomanthang_(5).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712517b656_Lomanthang_(6).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712517c8f4_Lomanthang_(7).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712517da1f_Lomanthang_(9).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712517ec3d_Lomanthang_(10).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125182390_Lomanthang_(11).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125183890_Lomanthang_(12).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125184fac_Lomanthang_(14).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712518610b_Lomanthang_(17).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/61371251871c6_Lomanthang_(18).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125188aa1_Lomanthang_(20).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712518a239_Lomanthang_(21).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712518ba92_Lomanthang_(22).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712518e606_Lomanthang_(23).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712518f9dd_Lomanthang_(24).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125190e2d_Lomanthang_(25).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/61371251921d5_Lomanthang_(26).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/61371251932b3_Lomanthang_(27).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125194336_Lomanthang_(30).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125195cf5_Lomanthang_(31).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/61371251970c4_Lomanthang_(32).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125198107_Lomanthang_(33).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/6137125199123_Lomanthang_(34).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712519a1b9_Lomanthang_(35).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712519b139_Lomanthang_(36).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712519c135_Lomanthang_(38).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712519d215_Lomanthang_(40).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/613712519e28d_Lomanthang_(41).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/61371251a06a6_Lomanthang_(42).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/61371251a1afe_Lomanthang_(43).jpg)
![](https://gorkhapatraonline.com/news_gallery/61371251a2c89_Lomanthang_(46).jpg)