मिसबाह उल हक र वकार यूनुस प्रशिक्षकबाट राजीनामा दिनुभयो

  भदौ २१, २०७८

काठमाडौं, भदौ २१ : पाकिस्तान क्रिकेट टोलिका प्रमुख प्रशिक्षक मिसबाह उल हक र बलिङ प्रशिक्षक वकार यूनुसले राजीनामा दिनुभएको छ । सोमबार बिहान दुबैजनाले पाकिस्तान क्रिकेट बोर्डलाई आफ्नो राजीनामाबारे जानकारी गराउनुभएको छ ।

हक र यूनुस दुबैजनालाई पाकिस्तान क्रिकेट बोर्डले गत् सेप्टेम्बर २०१९ मा प्रशिक्षकको जिम्मेवारीमा नियुक्त गरेको थियो । दुबै जनाको सम्झौता बमोजिम एक वर्ष म्याद बाँकी नै थियो । पाकिस्तानले यसै साताको अन्त्यदेखि न्युजिल्याण्ड बिरुद्ध एकदिबसीय र टी ट्वान्टी श्रृखंला खेल्न तालिका रहेको छ ।

न्युजिल्याण्ड टोलि सेप्टेम्बर ११ मा इस्लामाबाद आइपुग्नेछ । दुबै जनाले कोभिड १९ मा बायो सेकूलरमा बस्दा परिवारबाट टाढिनुपर्ने भएकोले राजीनामा गरेको बताउनुभएको छ । पाकिस्तान क्रिकेट बोर्डले तात्कालै लागू हुने गरी सक्लैन मुस्ताक र अब्दुल रज्जाकलाई प्रशिक्षकको जिम्मेवारीमा नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया