काठमाडौँ, भदौ १९ : निषेधाज्ञामा रोजगारदाताले भुक्तानी गर्नुपर्ने श्रमिकको सामाजिक सुरक्षाबापतको एक अर्ब ४८ करोड रुपियाँ अनुदान रकम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने रोजगारदाता तथा प्रतिष्ठानमा काम गर्ने एक लाख ५० हजार श्रमिकको योगदान रकम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको हो ।
दोस्रो लहरको कोरोना सङरक्रमणका कारण देशमा जारी निषेधाज्ञाको अवधिमा उद्योग–प्रतिष्ठान पूर्ण रूपमा सञ्चालन हुन नसकेपछि रोजगादाताले जम्मा गर्नुपर्ने श्रमिकको योगदानबापतको रकम सरकारले बेहोर्ने निर्णय आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत गरेको थियो ।
त्यसो त आर्थिक वर्ष २०७७/७८ को बन्दाबन्दीमा समेत सरकारले चार महिना बराबरको रोजगारदाताले भुक्तानी गर्नुपर्नेे एक अर्ब तीन करोड रुपियाँ योगदान रकम सरकारले बेहोरेको थियो ।
कोषका अनुसार यो वर्ष वैशाख महिनासम्म योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा नियमित योगदान गर्ने रोजगारदाता प्रतिष्ठानलाई मात्र निषेधाज्ञा अवधिमध्ये जेठ र असार दुुई महिनाको रकम सरकारले अनुदानका रूपमा उपलब्ध गराउनेछ । कोषका सहप्रवक्ता रोहित रेग्मीले यसअघिको श्रमिकको नाममा जम्मा गर्न बाँकी रकम कोषमा दाखिला गरेपछि मात्र सरकारले अनुदान दिने जेठ र असारको सुविधा प्राप्त गर्नसक्ने बताउनुुभयो ।
साथै उहाँले अनुदानको रकम निकासा गर्न अर्थ मन्त्रालयमा स्वीकृतिका लागि गइसकेको र केही समय लाग्नसक्ने बताउनुभयो । उहाँले रोजगारदाता र योगदानकर्तालाई साउनदेखिको योगदान रकम कानुनबमोजिम नियमित गर्न आग्रह गर्नुभयो । कोरोना सङरक्रमणका कारण उद्योग प्रतिष्ठान विगत दुुई वर्षदेखि पूर्ण रूपमा सञ्चालन हुन नसके पनि सामाजिक सुरक्षामा सूचीकरण हुने रोजगारदाता र श्रमिकको सङरख्या भने वृद्धि भइरहेको कोषले जनाएको छ ।
सुरुको वर्ष योजनामा सूचीकृत हुने रोजगारदाताको सङरख्या तीन हजार ४७९ रहेकामा हाल आएर १५ हजार ३१० पुगेको छ । साउनदेखि भदौ १५ सम्म मात्रै पनि कोषमा करिब सात हजार योगदानकर्ता र डेढ सयभन्दा बढी रोजगारदाता प्रतिष्ठान सूचीकृत भइसकेको कोषले जनाएको छ ।
योगदान रकम जम्मा गरेकामध्ये पाँच हजार ७२६ जनाले विभिन्न चार शीर्षकमा १५ करोड रकम दाबी भुक्तानी पाएको कोषले जनाएको छ । यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व तीन हजार जनाले ५५ करोड ५४ लाख ८१ हजार रुपियाँ लिइसकेका छनर । यसरी नै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १२३ श्रमिकले ४२ लाख ७० हजार रुपियाँ लिएका छनर ।
आश्रित परिवार सुरक्षाअन्तर्गत ६८ जनाले ६३ लाख ४० हजार र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत दुुई हजार ७०७ जनाले १८ करोड ५१ लाख ३५ हजार रुपियाँ बराबरको लाभ लिइसकेका छन् ।