काठमाडौं, भदौ १ : राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले बन्द प्रशिक्षणमा रहेका खेलाडीको सङ्ख्या छोट्याउनुभएको छ । पछिल्लो पटक दश जना खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अनुसार बन्द प्रशिक्षणमा अब भने २८ जना खेलाडी मात्रै छन् । विशाल सुनार, रन्दीप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजीव लोप्चन, सञ्जोग राई, त्रिदेव गुरुङ, रजिन धिमाल, शेषेहाङ्ग आङ्गदम्बे र बिक्रम लामा प्रशिक्षणबाट बाहिरिनुभएको छ ।
राष्ट्रिय फुटबल टोली हाल दक्षिण एशियाली फुटबल च्याम्पियनशीप २०२१ को तयारीमा रहेको छ । च्याम्पियनशीप अगाडि नेपालले भारत विरुद्ध दुई मैत्रीपूर्ण स्पर्धा खेल्नेछ । मैत्रीपूर्ण स्पर्धा अन्तर्गतको पहिलो खेल दशरथ रङशालामा भदौ १७ गते हुनेछ । दोस्रो खेल भदौ २० गते खेलाइनेछ । राष्ट्रिय टोली प्रशिक्षणको क्रममा हाल पोखरामा छ ।
२८ खेलाडी
गोलकिपर–किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, बिकेश कुथु, अर्पण कार्की
अन्य सदस्य–सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सूरज जेउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ्ग, पूजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनीष डाँगी, अञ्जन विष्ट, अयूष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी हुनुहुन्छ ।