तीब्र गतिका बलर शेन बन्डलाई प्रशिक्षकको जिम्मेवारी

  भदौ ०२, २०७८

काठमाडौं, भदौ १ : न्युजिल्याण्डका तीब्र गतिका पूर्ब बलर शेन बन्ड प्रशिक्षकको भूमिकामा देखिनुहुने भएको छ । उहाँलाई न्युजिल्याण्ड क्रिकेट बोर्डले टी ट्वान्टी विश्वकप र भारतमा हुने टी ट्वान्टी श्रृखंलाका लागि बलिङ प्रशिक्षकको जिम्मेवारीमा नियुक्त गरेको छ ।

विश्वकप क्रिकेट अघि शेन बन्ड यूएईमा इन्डियन प्रिमियर लिग(आईपीएल)मा मुम्बई इन्डियन्सको प्रशिक्षकको भूमिका रहनुहुनेछ । आईपीएल सकिए लगत्तै उहाँ राष्ट्रिय टोलिका प्रशिक्षण दलमा जोडिनुहुनेछ ।

प्रमुख प्रशिक्षक गैरी स्टिडले आईपीएलको क्रममा यूएईमा नै रहने हुनाले बन्डको अनुभबले राष्ट्रिय टोलिको बलिङ इकाईलाई रणनीतिक रुपमा थप सघाउने विश्वास ब्यक्त गर्नुभएको छ । विश्वकप टी ट्वान्टी २०२१ समेत यूएईमा नै हुनेछ ।

तपाईको प्रतिक्रिया