मेस्सी बिनाको बार्सिलोनाको सोसिडाडमाथि जित

  साउन ३२, २०७८

काठमाडौं, साउन ३२ : लियोनल मेस्सी बिनाको आफ्नो पहिलो खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि सहज जित हात पारेको छ । बार्सिलोनाले स्पेनस ला लिगाको आफ्नो पहिलो खेलमा सोसिडाडलाई ४–२ ले हराएको हो । दुई वर्षे अनुबन्धन सम्झौता गरेर बार्सिलोनाका पूर्ब स्टार खेलाडी लियोनल मेस्सी पेरिस सैन्ट जर्माइन (पीएसजी) पुग्नुभएको छ ।

पहिलो हाफमा दुई गोलले अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा समेत दुई गोल थप्दै सहज जित हात पार्यो । सोसिडाडले दुई गोल गरेर खेल ३–२ को स्थितिसम्म ल्याएपछि बार्सिलोनाले उक्त अन्तरलाई अन्तिम समयमा फराकिलो बनाउँदै ४–२ को जित सुनिश्चित गर्यो । बार्सिलोनाका लागि जिराड पिकले १९ औं मिनेटमा मेम्फिस डिपेको फ्रि किकलाई हेडरमार्फत् गोलको दिशा दिदै १–० को अग्रता दिलाउनुभयो । मार्टिन ब्रैथवेटले पहिलो हाफको इन्ज्युरी समय र ५९ औं मिनेटमा गरी दुई गोल गर्नुभयो ।

जुलेन लोबेटे र मिकेल ओयार्जबालले एक एक गोल गर्दा सोसिडाडले खेल ३–२ को स्थितिमा ल्याएको थियो । तर सर्जि रोबर्टोले अतिरिक्त समयमा गोल थप्दा बार्सिलोनाले सहज जित हात पार्न सफल भयो । ला लिगा अन्तर्गत गए राति नै सम्पन्न अन्य खेलमा लिग विजेता एटलेटिको मड्रिडले सेल्टा भिगोमाथि २–१ ले हराउँदा रियल मड्रिडले आल्भ्सलाई ४–१ ले हरायो ।

तपाईको प्रतिक्रिया