काठमाडौं, साउन ३० : दक्षिण अफ्रिकी पूर्ब ब्याट्सम्यान आश्वेल प्रिन्स बङ्गलादेशको ब्याटिङ प्रशिक्षक नियुक्त हुनुभएको छ । यसअघि प्रिन्स दक्षिण अफ्रिकाको पश्चिमी प्रान्तको प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो । उहाँले शुक्रबार प्रमुख प्रशिक्षकबाट राजिनामा गर्दै नयाँ जिम्मेवारीमा पहिलो पटक राष्ट्रिय टोलिको प्रशिक्षक हुनुभएको हो ।
बङ्गलादेश क्रिकेट बोर्डका अनुसार प्रिन्स सन् २०२२ को टी ट्वान्टी विश्वकपसम्म उहाँ ब्याटिङ प्रशिक्षकको जिम्मेवारीमा रहनुहुनेछ । सन् २०२२ को टी ट्वान्टी विश्वकप अक्टोबर नोभेम्बरमा अष्ट्रेलियाले आयोजना गर्नेछ । आश्वेल प्रिन्सले दक्षिण अफ्रिकाका लागि ६६ टेष्ट, ५२ अन्तर्राष्ट्रिय एकदिबसीय खेल्नुभएको छ । बङ्गलादेशमा आश्वेलले शक्तिशाली अफ्रिकी प्रशिक्षकको टोलिमा जोडिनुभएको छ । रस्सैल डोमिङ्गो बङ्गलादेश क्रिकेटका प्रमुख प्रशिक्षक र ओट्टिस गिब्सन बलिङ प्रशिक्षक हुनुहुन्छ ।