काठमाडौं, साउन २९ : क्विन्टन डे कक, देविड मिलर र लुङ्गी एनगिडी श्रीलङ्का बिरुद्धको एकदिबसीय श्रृखंला गुमाउने हुनुभएको छ । तर त्यसपछि हुने टी ट्वान्टीमा भने तीनै जना सहभागी हुने बताइएको छ । ड्वायन प्रिटोरियस भने टोलिमा पुनरागमन गर्नुभएको छ ।
डे ककलाई आराम दिइएको छ । देविड मिलर चोटमुक्त भइरहँदा एनगिडीलाई ब्यक्तिगत् कारणले बिदा दिइएको अफ्रिकी क्रिकेट बोर्डले जनाएको छ । तीनै जना अफ्रिकी क्रिकेट टोलिका महत्वपूर्ण सदस्य हुनुहुन्छ । तीनै जनाको अनुपस्थितिमा टेम्बा बभुमाले अपेक्षाकृत कमजोर टोलिसहित श्रीलङ्का भ्रमणमा पुग्नुहुनेछ ।
दक्षिण अफ्रिकाले कोलम्बोमा सेप्टेम्बर २ देखि १४ सम्म तीन अन्तर्राष्ट्रिय एकदिबसीय र तीन टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नेछ ।