काठमाडौं, साउन २ : दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डलाई ७० रनले हराएको छ । तेस्रो एकदिबसीयमा दक्षिण अफ्रिकाले जित हात पारेपछि विश्व वरीयताको शीर्ष आठमा रहेको टोलिलाई हराएर श्रृखंला हात पार्ने आयरल्याण्डको सपना भने पुरा हुन सकेन । पहिलो एकदिबसीय खेल आयरल्याण्डले जितेको थियो । दोस्रो वर्षाले प्रभाबित भई अबरुद्ध हुन पुग्यो ।
दक्षिण अफ्रिकाले तीन अघि गरेको प्रदर्शनको ठीक बिपरित तेस्रो एकदिबसीय खेलमा प्रदर्शन गर्न पुग्यो । आयरल्याण्ड बिरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले पहिलो विकेटका लागि २२५ रनको साझेदारी गर्यो । यो सन् २००० पछिको दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो ओपनिङ साझेदारी हो । समग्रमा दक्षिण अफ्रिकाको यो पाँचौं सबैभन्दा ठूलो सुरुवाती साझेदारी हो ।
दक्षिण अफ्रिकी ओपनर ब्याट्सम्यान जानेमन्न मलानले विकेटकीपर ब्याट्सम्यान क्विन्टन डे ककसँग पहिलो विकेटका लागि २२५ रनको साझेदारी गर्नुभयो । दुबै ब्याट्सम्यानले शतक लगाए । मलानले १७७ रन बनाएर अविजित रहनुभयो । उहाँले १६९ बलको सामना गर्दै आफ्नो पारीमा १६ चौका र छ छक्का लगाउनुभयो । डे ककले १२० रनको शतकीय पारी खेल्नुभयो ।
जवाबमा आयरल्याण्डले पुरै ५० ओभर खेल्न नपाउँदै ४७.१ ओभरमा २७६ रनको योगफल तयार गर्यो । उसको पारीमा पूछारका ब्याट्सम्यान सिम्मी सिंहले अविजित रहँदै शतक पुरा गर्नुभयो । सिंहले मात्र ९१ बलमा १४ चौका लगाएर १०० रनमा अविजित रहनुभयो । कर्टिस क्याम्फरले भने ५४ रनको योगदान दिनुभयो । दक्षिण अफ्रिकी बलरहरुमा तबरैज सम्सी र एन्डाइल फेहलुक्वायोले सामान तीन तीन तथा केशव महाराजले दुई एवम् एनरिक नोर्जे र लिज्जाद विलियम्सले एक एक विकेट लिए । मलान खेलको प्लेयर अफ द् म्याच तथा प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।