काठमाडौं, असार ३० : बङ्गलादेश क्रिकेट टोलिका ब्याट्सम्यान मुश्फीक्र रहिम जिम्बाबवे भ्रमण स्थगित गरेर घर फर्किन लाग्नुभएको छ । बङ्गलादेश क्रिकेट बोर्ड(बीसीबी)ले रहिम स्वदेश फर्किन लागेको पुष्टि गरेको छ ।
बङ्गलादेशले आईसीसी सुपर लिग अन्तगर्त एकदिबसीय श्रृखंला र टी ट्वान्टी श्रृंखला खेल्न जिम्बाबवे भ्रमणमा रहेको छ । एकदिबसीयको पहिलो खेल जुलाई १६ मा टी ट्वान्टी श्रृखंलाको पहिलो खेल जुलाई २३ मा हुनेछ ।
जिम्बाबवे बिरुद्धको एक मात्र टेष्ट श्रृखंलाको पहिलो पारीमा ब्याटिङ गर्ने क्रममा रहिमको हातमा चोट लागेपछि उहाँ पुनः मैदानमा फर्किनुभएन । बङ्गलादेश क्रिकेट बोर्डले बिदा स्वीकृत गरेपछि टी ट्वान्टी श्रृखंलाका लागि क्रिकेट टोलिको घोषणा गर्दा रहिम टोलिमा अटाउनुभएन ।
यद्दपी बोर्डले उहाँ एकदिबसीय श्रृखंलाका लागि उपलब्ध हुनुहुने बताएको थियो । तर पारिवारीक कारण देखाउँदै रहिम बीचमै ढाका फर्किन लाग्नुभएको हो ।