५५ देखि ६० उमेर समूह प्राथमिकतामा अरूलाई दिन निर्देशिकामा परिवर्तन जरूरी

  असार २८, २०७८

काठमाडाैं, असार २८ : पछिल्ला दिनमा नेपालमा चीन र अमेरिकाबाट खाेप आउने क्रम सुरू भएसँगै आम मानिसमा आफूले खाेप पाउने नपाउने बारे जिज्ञासा रहेकाे छ । कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरीकाले नेपाललाई दिने भनेको जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप सोमबार नेपाल आईपुगेको छ । एक डोज मात्र लगाए पुग्ने सो खोप १५ लाख मानीसहरुले लगाउन पाउने छन् ।

त्यस्तै चीनबाट पनि कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरीकाले नेपाललाई दिने भनेको जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप सोमबार नेपाल आईपुगेको छ । एक डोज मात्र लगाए पुग्ने सो खोप १५ लाख मानीसहरुले लगाउन पाउने छन् । चीनबाट पनि खाेप ल्याउने क्रम शुरू भइ सकेकाे छ । यी सबै खोप ५५ देखि ६० वर्ष उमेर समुहको लागि दिन सकिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परीवार कल्याण महाशाखाका प्रमुख डा।तारानाथ पोखरेलले बताउनुभएको छ ।

खोपको लागि धेरैको आवेदन परेको भए पनि पहिले उमेर समूहमा नै जाने उहाँले बताउनुभएको छ । “हामो खोप वितरण निर्देशिका छ त्यसको आधारमा नै हामीले खोप बितरण गर्ने छौँ ”उहाँले भन्नुभयो । ज्येष्ठ नागरिकबाट क्रमश अरु उमेर समुहमा प्रवेश गरीरहेकाले अहिले ५५ देखि ६० वर्ष उमेर समुहको लागि खोप दिन सकिने डा. पोखरेलले बताउनुभएको छ ।“ हामी ज्येष्ठ नागरीकहरुबाट क्रमशः तल्लो उमेर समुहमा आउँदै छौँ त्यसकारण ६० वर्ष उमेर समुहका छुटेका हरूलाई समेटेर ५५ देखि ६५ उमेर समुहलाई अहिले खोप दिन सकिन्छ ”उहाँले भन्नुभयो ।

तत्काल केहि निर्णय गर्नुपर्ने भए खोप वितरण निर्देशिका संसोधन गरेर मात्र खोप वितरण गर्न सकिनेमा उहाँको जोड छ । पछिल्लो समय बैदेशिक रोजगारमा जानेहरुले आफुहरुले खोप पाउनुपर्ने बताईरहेका छन् भने शिक्षक, चलचित्रकर्मीहरुले पनि खोपको माग गरीरहेका छन् ।पछिल्लो समय नेपालमा कोरोना विरुद्धको खोपह आउने क्रम बढेसँगै यसको भण्डारणको लागि पनि क्षमता बढाईएको डा पोखरेलको भनाई छ । अहिले नेपालमा केन्द्र र प्रदेशमा गरी ५० लाख डोज खोप भण्डारण गर्न सक्ने क्षमता रहेको उहाँको दावि छ । पछिल्लो समय चीनबाट आयापतित खोप पनि सिधै प्रदेशहरुमा वितरण गरीएको थियो । आज मात्र आएको जोनसन एण्ड जोनसन खोप पनि प्राथमिकता हेरेर धेरै मात्रामा प्रदेश मै पठाउने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया