काठमाडौं, असार २६ : भारत र श्रीलङ्काबीचको अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंला पर धकेलिएको छ । श्रीलङ्काली क्रिकेट टोलिका केही सदस्यमा सङ्क्रमणको पुष्टि भएपछि श्रीलङ्का क्रिकेट बोर्डले श्रृखंला सार्न प्रस्ताब गरेको थियो । उक्त प्रस्ताब भारतीय क्रिकेट कन्ट्रोल बोर्डले स्वीकार गरेपछि आईसीसीले प्रस्ताबित तालिका स्वीकृत गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार तीन खेलको एकदिबसीय श्रृखंलाको पहिलो खेल अब जुलाई १८, आईतबार मात्रै हुने भएको छ । दोस्रो खेल २० जुलाईमा र तेस्रो तथा अन्तिम जुलाई २३ मा हुनेछ । आईसीसीका अनुसार तीन खेलको टी ट्वान्टी श्रृखंलाको पहिलो खेल २५ जुलाईमा हुनेछ । दोस्रो जुलाई २७ मा र तेस्रो २९ जुलाईमा हुनेछ ।
भारतको श्रीलङ्का भ्रमणको क्रममा पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय जुलाई १३ मा नै हुने तय भएको थियो । तथ्याङ्क विश्लेषक जीटी निरोशन कोरोनाभाइरसबाट सङ्क्रमित भएको भोलिपल्टै ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरमा सङ्क्रमणको पुष्टि भएपछि श्रीलङ्काले खेल सार्न प्रस्ताब गरेको थियो ।
श्रीलङ्का बिरुद्धको एकदिबसीय श्रृखंला खेल्न भारतीय टोलि कोलम्बो पुगिसकेको छ । श्रीलङ्कामा भारतीय क्रिकेट टोलिको नेतृत्व शिखर धवनले गर्नुहुनेछ भने प्रशिक्षण राहुल द्रवीड रहनुभएको छ । भारतले भने श्रृखंलाका लागि दोस्रो रोजाइको खेलाडीलाई पठाएको छ । पहिलो रोजाईको टोलि टेष्ट श्रृखंला खेल्न इंग्ल्याण्डमा रहेको छ ।