जोकोभिचले फाइनलमा मट्टेओ बेर्रेटिनीको सामना गर्ने

  असार २६, २०७८

काठमाडौं, असार २६ : साबिक विजेता नोभाक जोकोभिचले विम्ब्ल्डन ओपन टेनिसको फाइनलमा इटालीका मट्टेओ बेर्रेटिनीको सामना गर्नुहुने भएको छ ।

शुक्रबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा जोकोभिचले क्यानाडाका २२ वर्षीय शापोभालोभलाई हराउनुभएको छ । जोकोभिचले ७–६(७–३) ७–५ ७–३ को सेटमा शापोभालोभमाथि जित हात पार्नुभयो । बेर्रेटिनीले भने पोल्याण्डका हुबर्ट हुर्काजमाथि ६–३ ६–० ६–७(३–७) ६–४ को सेट जितेर फाइनलमा पुग्नुभएको छ ।

सातौं वरीताका बेर्रेटिनी पुरुष एकल तर्फ फाइनलमा पुग्नुहुने इटालीका पहिलो टेनिस खेलाडी हुनुहुन्छ । सन् १९७६ पछि बेर्रेटिनी ग्रान्ड स्लामको फाइनलमा पुग्नुहुने इटालीका पहिलो टेनिस खेलाडी बन्नुभएको छ ।

विश्व वरीयताको शीर्ष स्थानमा रहनुभएका नोभाक जोकोभिच भने टेनिसमा सबैभन्दा बढी ग्रान्ड स्लाम उपाधि जित्ने रोजर फेडेरर र राफल नाडलको कीर्तिमानको बराबरी गर्ने स्थानमा उभिनुभएको छ ।

३४ वर्षीय सर्बियाली टेनिस खेलाडी जोकोभिच हालसम्म १९ ग्रान्ड स्लाम जित्नुभएको छ । सन् २०१८ र २०१९ को विम्ब्ल्डनका विजेता समेत रहनुभएका जोकोभिचले राफल नाडल र रोजर फेडेररको कीर्तिमानको बराबरी गर्न फाइनलमा शापोभालोभलाई हराउनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया