ओलम्पिकका लागि टोक्योमा सङ्कटकाल घोषणा

  असार २४, २०७८

काठमाडौं, असार २४ : जापानले ओलम्पिक खेलकुदका लागि टोक्योमा सङ्कटकाल घोषणा गरेको छ । प्रधानमन्त्री योशिहिदे सुगाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सङ्कटकाल २२ अगष्टसम्म लागू हुने बताउनुभयो ।

बीबीसीका अनुसार संकटकाल अबधिभरि टोक्यो शहरमा बार र रेष्टुरेन्टले मदिरा पस्किन नपाउने तथा राति आठ बजेसम्म मात्रै खुला रहनेछन् । टोक्यो ओलम्पिक नजिकिदै गर्दा आयोजक शहरमा कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको छ ।

टोक्यो ओलम्पिक २३ जुलाईमा सुरु भई आठ अगष्टसम्म चल्नेछ । पारालम्पिक खेलकुद भने २४ अगष्टदेखि पाँच सेप्टेम्बरसम्म चल्नेछ । बुधबार जापानमा दुई हजार १८० नयाँ सङ्क्रमित फेला परेका छन् । जसमध्ये ९२० जना टोक्योमा छन् ।

तपाईको प्रतिक्रिया