काठमाडौं, असार २२ : पाकिस्तान बिरुद्धको शृङ्खला सुरु हुनु दुई दिन अघि टोलिका सात जना सदस्य सङ्क्रमित भएपछि इंग्ल्याण्ड क्रिकेट टोलि ‘सेल्फ आइसोलेशन’मा बस्ने भएको छ । तीन जना खेलाडी र चार जना ब्यवस्थापन पक्षका गरी सात जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
इंग्ल्याण्ड क्रिकेट बोर्डले एक वक्तब्य जारी गरी सातै जना क्वारेन्टिनमा बसेको र सम्पर्कमा आएका टोलिका अन्य सदस्य आइसोलेशनमा बस्ने उल्लेख गरेको छ । यद्दपी पाकिस्तान विरुद्धको एकदिवसीय शृङ्खला निर्धारित समयमै हुने इसीबीसले जनाएको छ । बेन्न स्टक्स कप्तानको रुपमा टोलीमा फिर्ता हुनुहुनेछ ।
पाकिस्तान विरुद्धको शृङ्खलाका लागि भने कोरोना सङ्क्रमित भएका र सम्पर्कमा आएकालाई टोलीमा स्थान नदिइने इसीबीका कार्यकारी प्रमुख टम हरिसनले बताउनुभयो ।