काठमाडौं, असार ११ : स्पेनका स्ट्राइकर अल्भारो मोराटाले यूरो कप फुटबल २०२० को क्रममा आफू र आफ्नो परिवारलाई धम्की दिइएको दाबी गर्नुभएको छ । उहाँले स्पेनिस रेडियोसँगको कुराकानीमा सामाजिक सञ्जालमा आफूलाई गाली, बेइज्जती गरिएको खुलाउनुभएको छ ।
२८ वर्षीय युभेन्ट्सका मोराटालाई समाजिक सञ्जालमा दुब्यर्वहार गरिएको छ । स्पेनिस शहर सेभियामा आफ्नो श्रीमति र छोराछोरीलाई संकेत गरी होहल्ला गरिएको समेत उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, “मैले अबसर गुमाएकोमा प्रशंसकले गाली गरेको छ तर त्यसको पनि सीमा हुन्छ ।”
सेभियामा स्पेनको खेल हेर्न आएकी आफ्नो श्रीमति र छोराछोरीलाई गालीगलौज गरिएको उहाँले बताउनुभयो । एटलेटिको मड्रिडबाट ऋणमा युभेन्ट्स सरेका स्पेनिस स्ट्राइकर मोराटाले पछिल्लो केही खेलमा गोल गर्न चुक्नुभएको छ । स्पेनले गएको बुधबार स्लोभाकियालाई ५–० ले हराउँदा मोराटा पेनाल्टीलाई गोलमा परिणत गर्न सक्नुभएन ।