काठमाडौं, जेठ २२ : यूरो कप २०२० को पूर्वसन्ध्यामा इटालीले चेक रिपब्लिकमाथि ४–० को सहज जित हात पारेको छ । इटालीले पछिल्लो आठ खेलमा बिना कुनै गोल खाँदै लगातार जित हात पारेको हो ।
सिरो इमोबिलले सुरुवाती गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाउनुभयो । उहाँले २३ औं मिनेटमा गोल गर्नुभयो । ४२ औं मिनेटमा निकोलो बरेलाले गोल थप्दा इटालीले अग्रतालाई दोब्बर पार्यो ।
आफ्नो ३० औं जन्मोत्सव मनाएका लोरेञ्जो इन्सिनेले ६६ औं मिनेटमा गोल गर्दा इटालीले अग्रतालाई तेब्बर पार्यो । सात मिनेट नबित्दै डोमिनिको बेरर्दिले गोल गर्दै इटालीले चेक रिपब्लिकमाथि ४–० को सहज जित हात पार्यो ।