काठमाडौं, जेठ २१ : इंग्ल्याण्डका डिफेन्डर ट्रेन्ट अलेक्जेण्डर यूरो २०२० बाट बाहिरिनुभएको छ । गत बुधबार अष्ट्रिया विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा अलेक्जेण्डर घाइते हुनुभएको थियो ।
लिभरपुलका ‘राइट ब्याक’ अष्ट्रिया बिरुद्धको खेलको उत्तराद्र्धतिर तिघ्रामा चोट लागेर बाहिरिनुभएको थियो । स्क्यानबाट उहाँको तिघ्राको लिगामेन्ट च्यातिएको देखिएको छ । २२ वर्षीय अलेक्जेण्डर छ साताका लागि ग्राउन्ड बाहिर रहनुहुने भएको छ ।
प्रशिक्षक गारेथ साउथगेटले आइतबार हुने रोमानिया विरुद्धको मैत्रीपूर्ण खेलपछि अलेक्जेण्डरलाई विस्थापित गर्ने खेलाडीको नाम सार्वजनिक गर्नुहुनेछ । इंग्ल्याण्डले यूरो २०२० को पहिलो खेलमा क्रोएसियाको सामना गर्नेछ । विश्वकप २०१८ को फाइनलसम्मको यात्रा तय गरेको क्रोएसिया र इंग्ल्याण्डबीचको खेल जुन १३ मा हुनेछ ।