प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो

  फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उहाँलाई ठोस आहार दिन थालिएको छ ।

तपाईको प्रतिक्रिया