काठमाडौं, जेठ १७ : कोरोना भाईरस संक्रमणकोदर कम गरी महामारिबाट बच्न सरकारले कोभिड परीक्षणको दायरा बढाउदै लगेको जनाएको छ । प्रयोगशालाको निर्धारित क्षमता भन्दा बढी पीसीआर परीक्षण गरी कोरोना संक्रमणलाई न्यूनीकरण गर्न लागि परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
केही सञ्चार माध्यमले सरकारले परीक्षणको दायरा कम गरेको विषयमा डा.पौडेलले सरकारले पीसीआर मात्र नभएर ७५३ वटै स्थानीयतहमा १५ सयका दरले ११ लाख एन्टिजेन किट समेत वितरण गरी संक्रमण बारे जानकारी लिने तयारी गरेकाे स्पष्ट पार्नुभयो ।
प्रत्येक दिन प्रयोगशालाको क्षमता भन्दा बढी जाँच भएको छ तर सोमबार प्राविधिक कठिनाइका कारण धुलिखेल, पाटन, जलेश्वर, भेरी अस्पताल, युनिभर्षल मेडिकल कलेज भैरहवा र अन्य केही मुख्य प्रयोशालाबाट रिपोर्ट आउन नसक्दा परीक्षणको संख्या कम भएको उहाँले जानकारी दिनुभयो ।
सम्भव भएसम्म पिसिआरबाटै परीक्षण गर्दै आएको र सम्भव नभएका क्षेत्रमा एन्टिजेन कीटबाट परीक्षण गर्दै आएको जनाएको छ । शंका लागेका र परीक्षण गर्न चाहेका विरामीलाई तुरुन्तै परीक्षण गरी संक्रमण हुनबाट रोक्ने मन्त्रालयको पहिलो लक्ष रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
हिजो आइतबार०भने १०९८६ मात्र तथ्याङक प्राप्त भएको थियो । गत शनिबार पनि तथ्याङक प्राप्त हुन नसक्दा संक्रमितको संख्यामा कमी आएको उहाँले जानकारी दिनुभयो । एन्टिजेन परिक्षण भने हालसम्म १७ सय मात्र भएको मन्त्रालयको तथ्याङक छ तर मन्त्रालयले प्रयोगशालाहरुमा मासमा परीक्षण गर्ने गरी काम अघि बडाएको समेत जनाएको छ ।