च्याम्पियन्स लिगको फाइनलको आयोजना स्थल सर्न सक्ने

  बैशाख २८, २०७८

काठमाडौं, बैशाख २८ : पोर्चुगल च्याम्पियन्स लिग फुटबलको फाइनल आयोजना गर्ने सशक्त दाबेदार बनेको छ । युरोपेली फुटबल सङ्घ (युइएफए), बेलायत सरकार र फुटबल सङ्घले सोमबार चेलसी र म्यान्चेष्टर सिटीबीचको उपाधिको खेल इस्तान्बुलबाट सार्ने विषयमा छलफल गरेको छ ।

छलफलको क्रममा पोर्चुगलको लिस्बन शहर च्याम्पियन्स लिगको फाइनल आयोजना गर्न सक्ने विषयमा समेत चर्चा भएको थियो । तर सहमति भइसकेको छैन । बेलायत सरकारले टर्कीलाई यात्रा गर्न नहुने सूचीमा सूचीकृत गरेपछि युईएफएले च्यापिम्यन्स लिगको फाइनल सार्ने निर्णयमा पुगेको छ । २९ मईमा च्याम्पियन्स लिगको फाइनल खेल हुनेछ । खेल वेम्ब्लीमा समेत हुनसक्ने सम्भावना जनाइएको छ ।

तपाईको प्रतिक्रिया