पोखरा, वैशाख २६ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनु भएको छ । उहाँले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिनु भएको हो ।
भोली सोमबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसुची रहेको छ । उहाँले आज नै राजीनामा दिनु भएको छ । उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नु भएको छ ।