रियल मड्रिड स्तब्ध, चेल्सी च्याम्पियन्स लिगको फाइनलमा पुग्यो

  बैशाख २३, २०७८

काठमाडौं, वैशाख २३ : चेलसी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । उपाधिका लागि उसले म्यान्चेष्टर सिटीसँग स्पर्धा गर्नेछ । उपाधिका लागि दुबै टोलिले मई २९ स्पर्धा गर्नेछन् ।

इस्तानबुलमा गए राति अबेर सम्पन्न खेलमा चेलसीले रियल मड्रिडमाथि २–० को जित हात पार्यो । थोमस टुचेलको चेलसीका गोलरक्षक एडौर्ड मेन्डीले पहिलो हाफमा दुई उत्कृष्ट बचाउ गरेपछि रियल मड्रिड अग्रता लिनबाट चुक्यो ।

रियलका लागि दुवै प्रयास करिम बेञ्जिमाले गर्नुभएको थियो । २८ औं मिनेटमा टिमो वर्नरले केइ हर्भेजको पासलाई गोलको दिशा दिदै चेल्सीले पहिलो सेमीफाइनल लेगको १–१ को बराबरीबाट २–१ को स्थितिमा पुर्याउनुभयो ।

एकातिर पहिलो हाफको अग्रताले चेल्सी उच्च आत्मबलका साथ प्रदर्शनलाई निर्खादै जाँदा रियल मड्रिड एकपछि अर्को अबसरलाई गोलमा परिणत गर्न नसक्दा निराश हुन पुग्यो ।

खेल सकिन पाँच मिनेट मात्रै बाँकी छँदा मेसोन माउन्टले चेल्सीका लागि गोल थप्दै रियल मड्रिडको फाइनलमा पुग्ने सपना तुषारापात गर्नुभयो ।चेलसीले सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि जिते यता पहिलो पटक फाइनलसम्मको यात्रा सुनिश्चित गरेको छ ।

तपाईको प्रतिक्रिया