राष्ट्रिय योजना आयोगको योजना पारित

  फागुन १९, २०७६

काठमाडौं, १९ फागुन : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको छ ।

राष्ट्रिय योजना आयोगका प्रवक्ता मिनबहादुर शाहीले मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै राजनीतिक मुद्धा मात्रै नभएर संघीय शासन प्रणालीमै सुधार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अघि बढाउने हिसाबले १५ औं योजनालाई पूर्णता दिएको गोरखापत्रले जनाएको छ ।

शाहीका अनुसार १५ औं योजनामा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोचका कार्यक्रम समावेश गरिएको छ । ‘संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि १५ औं योजनाले गरेको छ’ गोरखापत्रमा उल्लेख छ ।

१५ औं योजनाले १० ओटा लक्ष्य निर्धारण गरेर देशको गरिबी, बेरोजगारी, समृद्धि र सुखका सूचकहरुका विषयमा छलफल भएको बताउनुभयो । शाहीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने पारेर आगामी साता पत्रकार सम्मेलन गर्ने शाहीले बताउनुभयो ।

१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ । प्रवक्ता शाहीले संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि १५ औं योजनाले अघि सारेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया