नेपाल सरकार : जिन्दावाद

  फागुन १९, २०७६

भक्तपुर, १९ फागुन : सामान्यतया नेपाल सरकार जिन्दावाद भनेको नारा कमै सुनिन्छ तर आज भक्तपुरको खरीपाटीमा भने यस्तै नारा लाग्यो ।

नेपाल सरकार मात्र होइन नेपाली सेना जिन्दावाद भन्ने नारा निकै बेर घन्कियो । चीनबाट उद्धार गरी नेपाल ल्याएर १६ दिन क्वारेन्टाइमा बसेका नेपालीहरूले सरकार र नेपाली सेनाबाट भएको कामको खुला मनले प्रशंसा गरे ।

उनीहरूले स्थानीयले कुरा नबुझेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन केन्द्र राख्न नदिने भन्दै विरोध भएको कुरालाई मिडियाले बास्तबिकता बुझाएर सहयोग गरेकोमा मिडियाको पनि पनि प्रशंसा गरे ।

औपचारिक विदाइ समारोहमा बोल्दै क्वारेन्टाइमा बिताएका डा.गौरब पोखरेलले सरकारबाट भएको उद्धार प्रयासको प्रशंसा गर्नु भएको थियो । राजधानीमा बसोबास गरेकाहरुलाई घर घरमा पु¥याउन चारवटा बसको व्यबस्था गरिएको गोरखापत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया