बेइजिङ, चैत १६ : चीनमा कोभिड–१९ विरूद्ध खोप लगाउने कार्यलाई तदारूकदाका साथ अघि बढाइरहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् ।
खोप सुरक्षित रूपमा सञ्चालनमा रहेको चिनियाँ चलिरहेको र हालसम्म चीनमा लगाइएको खोपको सङ्ख्या १० करोड मात्रा पुगिसकेको छ । चिनियाँ खोपको सुरक्षा प्रभाव छ महिनाभन्दा बढीसम्म भएको चिनियाँ रोग नियन्त्रण तथा निवारण केन्द्रका प्रथम विशेषज्ञ वाङ ह्वाछिङले जानकारी गराउनुभएको छ ।
विशेषज्ञ वाङले भन्नुभयो, “हालसम्म एन्टिबडीको स्तरबाट हेर्दा चिनियाँ खोपको प्रभाव लगभग छ महिनाभन्दा बढी रहने देखिएको छ । तर एन्टिबडी हाम्रो स्वास्थ्यको संरक्षण गर्ने एउटै मात्र सूचकाङ्क होइन, खोपले भूमिका निर्वाह गर्ने क्रममा अन्य कारक तत्वहरूले पनि भूमिका निर्वाह गर्दछन् । यसै कारणले खोपको अध्ययनमा निरन्तरता दिँदै यसको संरक्षण समय निश्चित गर्नुपर्छ ।”
कोभिड विरूद्ध खोपको ‘बुस्टर डोज’ डिजाइन गरिसकेको र परीक्षण भइरहेको जानकारी चिनियाँ सिनोफार्म कम्पनीका उप महाप्रबन्धक चाङ युनथाउले दिनुभयो । यस बुस्टर डोज कहिले लिने भन्ने कुरा तेस्रो चरणको परीक्षणको नतिजा पाएपछि मात्रै भन्नसकिने कुरा पनि चाङले बताउनुभयो ।