पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर घोषणा

  चैत १२, २०७७

काठमाडाैं, चैत १२ : नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा भएको छ । बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाल कुखुराको मासु, खसीको मासु र अण्डामा पूर्ण आत्मनिर्भर भएको घोषणा भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली राजधानीमा  आज आयाेजित एक कर्यक्रममा साे कुराकाे घाेषणा गर्नुभएकाे हाे । देशको हाल रहेको कुल गार्हस्थ उत्पादनदर १३.५ प्रतिशतबाट थप वृद्धि हुने पनि मन्त्रालयले जनाएको छ ।

निर्यातमुखी कृषिप्रणालीमा जोड
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएजस्तै कृषिजन्य उत्पादनमा पनि आत्मनिर्भरका लागि सम्बन्धित सबैले पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । विशेषगरी स्वदेशी कृषि तथा पशुजन्य उत्पादनको प्रयोग बढाउदै निर्यातमुखी कृषिप्रणालीलाई बढवा गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सरकारले निकट भविष्यमै कृषिक्षेत्रमा देखापरेकाे मल समस्याबारे समबोधन गर्दै कृषि मल उत्पादनको कारखाना स्थापना गरिने समेत बताउनुभयो । मल उत्पादनका लागि कृषकहरुलाई पनि तालिम दिइनुपर्ने भनाइ प्रधानमन्त्री ओलीको छ ।

कृषिमा प्रविधिको प्रयोग बढ्नुपर्ने
कृषि तथा पशुपन्छीजन्य उत्पादन र उत्पादकत्व वृद्धिमा युवा पंक्तिले गरिरहेको खोज–अनुसन्धानलाई पनि प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभयो । कृषि क्षेत्रमा प्रविधिको प्रयोगले रोजगार खोसिने डर नमान्न बरु, कृषिजस्ता श्रमशील गतिविधिमा रोबटजस्ता प्रविधिहरुको प्रयोग बढाउनुपर्ने उहा“को भनाई छ । विशेषगरी प्रतिफल देखिने हिसाबले कृषिक्षेत्र अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।

विदेशी कृषिजन्य उत्पादनदर बढ्दोप्रति प्रधानमन्त्रीको चिन्ता
प्रधानमन्त्री ओलीले नेपाललाई आवश्यक खाद्यन्न स्वदेशमै भएपनि देशमा विदेशी खाद्यन्नको प्रयोग बढ्दै गएको भन्दै यसको निरुत्साहन हुनुपर्ने बताउनुभयो । विदेशबाट आयात हुने कृषिजन्य पदार्थ एवम् बढ्दो किटनाशक र रासायनिक मलको उत्पादनले जनस्वास्थ्यमा परेको नकरात्मक प्रभावप्रति पनि सबै सजक रहनुपर्ने उहा“ले बताउनुभएको छ ।

यसैगरि नेपालमा मात्रै पाइने कृषिजन्य, वनजन्य र पशुजन्य उत्पादनहरु जो औषधिजन्य पनि छन्, यसको प्रवद्र्धन र निर्यात्मा पनि सम्बन्धित सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभएको छ । कृषि क्षेत्रमा सरकारले उपलब्ध गराउने अनुदानको पनि लक्षित वर्ग र उद्येश्यअनुरुपको प्रयोग हुनुपर्ने मा प्रधानमन्त्री ओलीले सम्बन्धित सबैलाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया