काठमाडौं, चैत ९ : सेरेना विलियम्सले मियामी ओपनबाट नाम फित्र्ता लिनुभएको छ । मुखमा आएको समस्याले शल्यक्रिया गर्नुपर्ने भएपछि उहाँले नाम फित्र्ता लिनुभएको बीबीसीले उल्लेख गरेको छ ।
२३ पटकको ग्रान्ड स्लाम एकल विधातर्फकी विजेता सेरेना गत् जनवरी महिनामा सम्पन्न अष्ट्रेलियन ओपनको सेमीफाइनलमा जापानकी नाओमी ओसाकाबाट पराजित हुन पुग्नुभएको थियो । ३९ वर्षीया विलियम्सले भन्नुभयो, “नाम फित्र्ता लिएकोमा दुखित छु ।” उहाँले मियामी ओपनको उपाधि आठ पटक जित्नुभएको छ ।
पुरुषतर्फ शीर्ष वरियताका नोभाक जोकोभिच, रोज फेडेरर, राफल नाडल र चौथो वरियताका डोमिनिक थिमले नाम फित्र्ता लिएपछि ड्र समाप्त भएको छ ।