सेलेना गोमेजले संगीतबाट अवकाश लिन सक्ने

  फागुन २६, २०७७

काठमाडौँ, फागुन २६ : गायिका सेलेना गोमेजले संगीतबाट अवकाश लिने सक्ने बताएकी छन् । भोगसँगको अन्तरवार्तामा उनले अवकाशबारे जानकारी दिएकी हुन् ।

‘जब मानिसले तपाईंलाई गम्भीर रुपमा लिन छोड्छन् तब संगीतलाई अगाडि बढाउन गाह्रो छ । त्यस्तो पनि क्षण थियो कि मलाई यो संगीत किन गरिरहेकी छु भन्ने लागेको थियो,’ उनले भनेकी थिइन्,’ मैले सार्वजनिक गरेको गीत मध्येमा ‘लुज यू टू लभ मि’ भन्ने उत्कृष्ट लाग्छ । तर सबैलाई नलाग्न सक्छ । मेरो संगीतलाई मन पराउने धेरै हुनुहुन्छ । उहाँहरुप्रति आभारी छु । अब नयाँ एल्बममा केही फरक गर्ने सोच्दै छु । संगीतबाट अवकाश लिनुअघि त्यसमा सक्दो धेरै मिहिनेत गर्न चाहन्छु ।’

गोमेजले सन् २००९ मा ‘किस एण्ड टेल’बाट संगितमा डेब्यू गरेकी थिइन् । तीन वटा सोलो एल्बम सार्वजनिक गरेकी गोमेजले पछिल्लो समय ‘सेलेना गोमेज एण्ड दि सिन’ ब्याण्डसँग मिलेर गीतहरु बजारमा पस्कँदै आएकी छन् ।

तपाईको प्रतिक्रिया